एसईई नतिजापछि वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्महत्या

cp new add
Nisharg hospital

वीरगन्ज । एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि वीरगन्जमा एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।

Telecome

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रमा बसोबास गर्ने ती किशोरले नतिजाप्रति तनावमा परेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनापछि परिवार र स्थानीयवासी शोकमा डुबेका छन्। प्रहरीले घटनास्थलमा मुचुल्का गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ। एसईई नतिजापछि विद्यार्थीमा मानसिक तनाव बढ्ने भएकाले अभिभावकलाई बालबालिकासँग संवाद गर्न र सकारात्मक वातावरण बनाउन मनोविद्हरूले आग्रह गरेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...