श्रीमान् दोस्रो विवाह गरेर बेपत्ता, छोरी पनि सम्पर्कविहीन: उपचारका लागि सहयोगको पर्खाइमा सरस्वती

cp new add
Nisharg hospital

धनगढी उपमहानगरपालिका–१ शान्तिटोलकी ५२ वर्षीया सरस्वती श्रेष्ठका लागि जीवन अहिले पीडा र संघर्षको पर्याय बनेको छ। चार वर्षअघि आँखामा देखिएको सामान्य घाउले आज उनको एउटा आँखा नै बन्द गरिदिएको छ। उपचारको अभावमा उनले आँखाको ज्योति मात्र होइन, जीवनप्रतिको सहजता पनि गुमाउँदै गएकी छन्।

Telecome

रुँदै उनी भन्छिन्, “पहिला आँखामा सानो घाउ थियो। विस्तारै बढ्दै गयो। अहिले एउटा आँखा पूरै बन्द भएको छ। केही देख्दिनँ। उपचार गर्ने पैसा पनि छैन, साथ दिने आफन्त पनि कोही छैनन्।”

सरस्वतीको पीडा रोगमा मात्र सीमित छैन। उनका श्रीमानले दोस्रो विवाह गरेर वर्षौंअघि नै साथ छाडे। एउटी भएकी छोरीले पनि व्यापार गर्ने भन्दै घरजग्गा बेचेर भारत गइन्, तर त्यसपछि सम्पर्कमा आएकी छैनन्। आज उनी बिरामी शरीर, एक्लोपन र आर्थिक अभावबीच जीवन धान्न बाध्य छिन्।

उनी उपचारका लागि गेटा आँखा अस्पताल पुगेकी थिइन्। तर त्यहाँबाट थप उपचार काठमाडौंमा गर्नुपर्ने सल्लाह दिइयो। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले काठमाडौं पुग्ने र उपचार गराउने खर्च जुटाउन नसक्दा उनी अहिले असहाय बनेकी छन्।

सरस्वतीले स्थानीय जनप्रतिनिधिसँग पनि सहयोगको अपेक्षा राखेकी थिइन्। “उपमेयरलाई भेटें, वडा अध्यक्षलाई पनि भेटें, तर कतैबाट सहयोग पाएँन। अहिले शान्ति ओली दिदीले साथ दिनुभएको छ। ” उनले भावुक हुँदै भनिन्।

सरस्वती श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु गरिएको छ। सानो सहयोगले उनको उपचार सम्भव हुन सक्ने भएकाले सहयोग गर्न इच्छुक सबैमा सहयोगको हार्दिक अपिल गरिएको छ।

आर्थिक सहयोगका लागि:

सम्पर्क व्यक्ति: शान्ति ओली
सम्पर्क नम्बर: ९८६६२५८३४९

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...