अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने, मेयर भट्टद्वारा शिलान्यास

cp new add
Nisharg hospital
suchana

कैलाली । कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने भएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार एक कार्यक्रमका बीच पुलको शिलान्यास गरेका हुन्।

करिब १ करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँको लागतमा निर्माण हुने उक्त आकाशे पुलका लागि कृजल त्रिनेत्र सिद्धनाथ जेभीसँग ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

नगर प्रमुख भट्टले बढ्दो सवारी चापका कारण पैदल यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकाशे पुल निर्माणको योजना अघि बढाइएको बताए।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...