कञ्चनपुरमा बहुविवाह गर्ने निर्मला पक्राउ, एक वर्ष जेलमै रहने

cp new add
Nisharg hospital
suchana

कञ्चनपुर । बहुविवाह मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएकी एक महिलालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निर्मला रतुकी रहेकी छन् । उनलाई सम्मानित उच्च अदालत दिपायल को मिति २०८२ पुस २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय तथा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उनलाई भीमदत्त नगरपालिका–२ भाँसी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकी रतुकी भीमदत्त नगरपालिका–११ बागफाँटा निवासी हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...