

धनगढी । नेकपा एमालेले आइतबार धनगढीमा रक्तदान र विचार गाेष्ठी सम्पन्न गरेकाे छ ।
३३औं मदन-आश्रीत स्मृति दिवसकाे अवसरमा एमाले धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान र सुदूरपश्चिम प्रदेश कमिटीले नेपालकाे लाेकतान्त्रिक आन्दोलनकाे मदन-आश्रीतकाे भूमिका विषयक विचार गाेष्ठी सम्पन्न गरेकाे हाे।
नगर कमिटीकाे आयाेजनामा धनगढीकाे पार्क माेडमा गरिएको कार्यक्रममा रक्तदान कार्यक्रम सक्रियतापूर्वक सम्पन्न भएको नगर कमिटी अध्यक्ष अम्बिका बिष्टले बताइन् । उनकाअनुसार रक्तदानमा २५ पिन्ट रगत संकलन भएको छ ।
यस्तै, एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीकाे अध्यक्षतामा धनगढीस्थित पार्टी कार्यालयमा लाेकतान्त्रिक आन्दोलनमा मदन-आश्रीतकाे भूमिका विषयक विचार गाेष्ठीमा जननेता मदन भण्डारी र जीवन आश्रीतकाे याेगदानकाे स्मरण र चर्चा गरिएको थियाे ।
एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयाेजक समेत रहेकाे प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना प्रमुख वक्ता रहेकाे कार्यक्रममा विभिन्न पार्टीका नेताहरू समेत सहभागी थिए ।
उनीहरूले जननेता भण्डारीले नेपालकाे लाेकतान्त्रिक व्यवस्था र परिवर्तनका निम्ति पुगाएकाे याेगदानकाे उचित कदर गर्दै साेही मार्गमा मुलुकलाई अगाडि बढाउनु अहिलेकाे मुख्य दायित्व भएको उल्लेख गरेका छन् ।
कार्यक्रम एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले सञ्चालन गरेका थिए । साे अवसरमा मदन भण्डारी फाउन्डेसन कैलालीकाे भित्तेपात्राे समेत विमाेचन गरिएको थियोे ।

