

धनगढी । दार्चुलामा प्रधानाध्यापक विद्यालयमै मृत भेटिएका छन् । जिल्लाकाे ब्यास गाउँपालिका-४ काे सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी साेमबार विद्यालयकै निवासमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गाैरव महतले उनी विद्यालयकाे निवासमा बिहान ६ बजेतिर मृत भेटिएकाे जानकारी दिए ।
उनकाअनुसार स्थानीय प्रहरी चाैकीबाट खटिएकाे टाेलीले घटनास्थल सिल गरेका छन् भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी अनुसन्धानमा खटिएको छ ।
मृत भेटिनुभन्दा केही समयअघि उनले सामाजिक सञ्जाल फेसबुकमा मृत्युुबारे लामाे स्टाटस लेखेकाे पाइएकाे छ । त्यसबारे पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

