

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल जेठ ९ गते । शनिबार । इस्वी सन् २०२६ मे २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–सप्तमी, १३ घडी ३३ पला, बिहान १० बजेर ३८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–अश्लेषा, ६ घडी १३ पला, बिहान ७ बजेर ४३ मिनेट उप्रान्त मघा । योग–ध्रुव, १६ घडी ९ पला, बिहान ११ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण–वणिज, बिहान १० बजेर ३८ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट, बिहान ७ बजेर ४३ मिनेट उप्रान्त सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५७ पला ।
- बिहान ५ बजेर १३ मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर १४ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर २५ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ७ मिनेटसम्म काल बेला ।
- बेलुकी ५ बजेर ८ मिनेटदेखि बेलुकी ८ बजेर ७ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर १३ मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर १४ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर २५ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ७ मिनेटसम्म काल बेला ।
- बेलुकी ५ बजेर ८ मिनेटदेखि बेलुकी ८ बजेर ७ मिनेटसम्म लाभ बेला ।
राहुकाल
दिउँसो ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३७ मिनेटदेखि बिहान ४ बजेर २५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नी बिचको प्रेमील सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । व्यापारबाट आउने आम्दानीले नयाँ काम गर्न सहज हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । तर पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उद्योग तथा व्यापारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । परिवारका साथ छोटो तथा रमाइलो यात्रा गरी रमाइलो गर्दै समय व्यातित गर्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित धनको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो गर्दै समय व्यातित गर्न सकिनेछ । विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । र, पनि काम वा अध्ययनको सवालमा यात्रा गर्दै हुनुहुन्छ भने समयले साथ दिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । स्कुल कलेजमा साथीभाइका साथ रमाइलो गर्दै समय व्यातित गर्न सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । आफन्त तथा साथीभाइसँग रमाइलो गर्दै समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरूले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । परिवारका साथ रमाइलो गर्दै समय व्यातित गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । कार्यक्षेत्र तथा स्कुल कलेजमा साथीभाइका साथ रमाइलो गर्दे समय व्यातित गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।

