धनगढीमा सडक बत्ती राति १० बजेसम्म मात्रै बालिने

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा जडान भएका सडक बत्ती राति १० बजेसम्म मात्रै सञ्चालन गर्ने भएको छ।

अत्याधिक गर्मीका कारण विद्युत लोड अत्यधिक बढ्दै गएकाले सडक बत्ती रातिको समयमा बन्द गर्ने उपमहानगरपालिकाले जनाएको छ। लोड बढ्दा ट्रान्सफर्मर जल्ने, फ्युज जाने तथा लाइन ट्रिप हुनेजस्ता समस्या समय–समयमा देखा परिरहेको हुँदा नगरभित्र जडान गरिएका सडक बत्तीहरू शनिवारदेखि राति १० बजेसम्म मात्र सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

मेयर हमालले विद्युत आपूर्तिको समस्यामा सुधार आएपछि सडक बत्तीहरू पुनः नियमित रूपमा यथावत सञ्चालन गरिने बताएका छन्।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...