धनगढीमा कर नतिर्ने होटल ‘डिभोटी’ कृष्ण महराकै पालाको, नयाँ व्यवस्थापनको सम्बन्ध छैन

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढी । आन्तरिक राजस्व कार्यालय, धनगढीले लामो समयदेखि कर बक्यौता नतिर्ने धनगढीको होटल डिभोटीसहितका ५३ व्यापारिक संस्थाको सूची सार्वजनिक गरेको छ ।

आइतबार होटल डिभोटीसहित कर नतिर्ने व्यावसायिक संस्थाहरूबारे सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र नतिरेमा सम्पत्ती जफत गरेर भएपनि असुुल गर्ने जनाएको छ ।

तर, कर नतिरेको भनिएको होटल डिभोटी एण्ड रेष्टुुरेन्ट बार भने अहिलेको नभएर पूरानै भएको खुलेको छ । प्रेसपत्रमा यसबारे समाचार प्रकाशन भएपछि सम्पर्कमा आएको होटल व्यवस्थापनले कृष्णबहादुर महरा सञ्चालक हुने बेलाकै तिर्न बाँकी रहेको करको विषयमा सूचना सार्वजनिक भएको जनाएको छ ।

अहिले नाम र प्यान नम्बर समेत परिवर्तन गरिएको पाइएको छ । होटलका व्यवस्थापक चेतराज जोशीले लिलाधर जोशीबाट ज्ञानेन्द्र गुप्ताले होटल लिएपछि नाम र प्यान नम्बर दुवै फेरिएको बताए । उनकाअनुसार अहिले होटलको नाम होटल डिभोटी एण्ड रेष्टुरेष्ट बार नभएर होटल डिभोटी एण्ड रेष्टुरेन्ट प्रा.लि रहेको छ ।

जोशीले अहिले तिर्न बाँकी रहेको भनिएको रकम पूरानै फर्मको भएपनि प्रष्ट पारेका छन् । आन्तरिक राजश्व कार्यालयले कर बक्यौता चुक्ता गर्न १५ दिनको समय दिएको छ । १५ दिनभित्र बाँकी रहेको कर बक्यौता नतिरेमा प्रचलित कानुन बमोजिम अघि बढ्ने उल्लेख गरिएको छ । सार्वजनिक सूचीअनुसार धनगढीका प्रख्यात होटल, अस्पताल, सुगर मिलदेखि प्रतिष्ठित निर्माण सेवासम्मले कर बुझाएका छैनन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...