कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

भुललाई तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि भल्का अस्पताल, लम्की लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...