कञ्चनपुरमा ब्राउन सुगरसहित ५ जना पक्राउ, डेढ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी ।  कञ्चनपुरमा प्रहरीले लागूऔषध कारोबार नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ भने डेढ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

बेलौरी नगरपालिका–१० स्थित सीमा क्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई शंकास्पद अवस्थामा जाँच गर्दा २ ग्राम १२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लोकेन्द्र राना, सुरेन्द्र राना र १८ वर्षीय जोन राना रहेका छन्। उनीहरू सवार मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, बेलौरी नगरपालिका–७ पौलाहामा पैदल हिँडिरहेका दुई जनामाथि गरिएको जाँचका क्रममा ३ ग्राम ६६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ। पक्राउ पर्नेमा १८ वर्षीय दान सिंह रोकाया र एक किशोर रहेका छन्।

यसैबीच, भीमदत्त नगरपालिका–११ भुजेलाबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ६४ हजार ५३० रुपैयाँ बराबरका कपडा, चप्पल, चिनी, मिश्री र धानको बीउ लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका तीन प्रतिवादीलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका प्रशु राना, लागूऔषध चरेस मुद्दाका पिउठा बोहरा तथा खैरो हेरोइन मुद्दाका कमलबहादुर चन्द रहेका छन्।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...