कांग्रेसको असन्तुष्ट पक्षलाई मुख्यमन्त्रीले गरे मन्त्रीको अफर

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री हेरफेरको प्रस्ताव गरेका छन् । कांग्रेस संसदीय दलको नेताबाट हटाउने खोज्ने सांसद दिवान सिंह विष्ट पक्षलाई शाहले मन्त्रीपरिषद् हेरफेर गर्दै मन्त्री पदको प्रस्ताव गरेका हुन् ।

शाहले बुधबार बोलाएको संसदीय दलको बैठकमा सहभागी नभएका विष्टसहितका आठ जनालाई अहिलेका मन्त्रीलाई सरकारबाट विदा गरेर नयाँलाई अवसर दिने प्रस्ताव गरेको स्रोतले बतायो ।

‘उहाँ(मुख्यमन्त्री)ले आफ्नै नेतृत्वको सरकारलाई कायम राख्नेगरि मन्त्री हेरफेर गर्ने प्रस्ताव गर्नुभएको छ । यो विषयमा हामी आन्तरिक परामर्शमा छौँ,’ विष्ट पक्षका एक सांसदले भने, ‘तर अहिले हाम्रो माग मन्त्री नभएर संसदीय दलको नेता परिवर्तन नै हो । यद्यपी यो प्रस्तावमा पनि छलफल गर्न नसकिने भन्ने कुरा होइन ।’

विगतदेखि सरकारमा रहेका मन्त्रीहरु परिवर्तनको पक्षमा रहदै आएका यो पक्षका सांसदहरु पनि मुख्यमन्त्रीको प्रस्तावमा सहमती जनाउने सम्भावना बढ्दो रहेको दाबी गरिन्छ । तर, सुदूरपश्चिम संसदीय दलमा देखिएको विवाद निरुपणका लागि कांग्रेस केन्द्रीय समितिले सहमहान्त्री उदयशमशेर राणासहितका नेतालाई धनगढी पठाउने भएको छ ।

उनीहरु शुक्रबार धनगढी पुगेपछि विवादका विषयमा थप छलफल हुने बताइएको छ । स्रोतकाअनुसार मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरेको दिवान सिंह विष्टले उनले गरेको प्रस्ताव मानिसकेका छैनन् । केन्द्रीय नेता समेत शाहकै प्रस्तावअनुसार अघि बढेमा एक/दुई दिनमै सरकारमा कांग्रेसले असन्तुष्ट पक्षबाट मन्त्री बनाउने कुरा निश्चित रहेको नेताहरु बताउँछन् ।

मुख्यमन्त्री निकट सांसदले पनि शाहले अर्को पक्षलाई उक्त प्रस्ताव गरेको कुरा साँचो भएको जनाएका छन् । अगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेकै भोलिपल्ट विष्टसमेतका ९ जनाले दलको नेताबाट हटाउने निर्णय गर्दै संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेकी डम्मरी महरा शाहकै पक्षमा फर्किएपछि उनी तत्काल पद जोगाउन सफल भएका थिए । महरालाई शाहले आफ्नो पक्षमा तानेपनि विपक्षी नेकपासँग मिलेर नीति तथा कार्यक्रम र बजेट नै फेल गराउने रणनीति अर्को पक्षले बनाएपछि शाह एक कदम पछाडि हटेको नेताहरु बताउँछन् ।

यद्यपी अहिले नै शाहको प्रस्तावअनुसारको घटनाक्रम अघि बढिनसकेका सहमहामन्त्रीसहितका नेताहरुसँगको छलफलपछि थप निचोड निस्किने जनाइएको छ ।सुदूरपश्चिममा दलको नेताबाट हटाउन लागेका सांसदलाई मन्त्री बन्न मुख्यमन्त्री शाहले गरे प्रस्ताव

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...