डोटीमा निर्माण व्यवसायी संघमा विधान विपरीत अध्यक्ष, पदमा बस्ने रहर नभएको दाबी

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । डोटीमा विधानअनुसार योग्यता नपुग्ने व्यक्तिलाई निर्माण व्यवसायी संघको अध्यक्ष बनाइएको भन्दै विवाद भएको छ । बैशाख ७ मा भएको अधिवेशनले निर्माण व्यवसायी संघको अध्यक्षमा राजीवराज जोशीलाई सर्वसम्मत चयन गरेको थियो ।

तर अहिले विधानअनुसार जोशी अध्यक्ष बन्न योग्य नभएको भन्दै प्रश्न उठेको छ । नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय सदस्य पनि रहेका निर्माण व्यवसायी समेत रहेका रमेश खडायतले विधानमा संघको अध्यक्ष बन्न एक कार्यकाल सदस्य र ती व्यक्तिले सञ्चालन गरेको फर्म तीनदेखि संघमा आवद्ध भएको हुनुपर्ने प्रावधान रहेको बताए ।

तर, जोशीको नाममा दर्ता रहेको बिआरएस कन्ट्रक्सनले उक्त मापदण्ड पूरा नगरेको जोशी विधान विपरीत अध्यक्ष बनेको खडायतको दाबी रहेको छ । जिल्ला प्रशासन कार्यालयले जोशीलाई अध्यक्ष बनाउदा विधान समेत लुकाएको आरोप उनको छ ।

यसबारे सत्यतथ्य सार्वजनिक गरिनुपर्ने खडायतको माग रहेको छ । यता, सर्वसम्मत निर्माण व्यवसायी संघ डोटीको अध्यक्ष बनेका राजीवराज जोशीले भने स्वयंम खडायतकै समर्थनमा आफू अध्यक्ष बनेको बताएका छन् । तर अहिले आएर आफ्नो विरुद्ध उनै षड्यन्त्रमा लागेको जोशीको भनाई छ ।

२१ पुष २०८२ मा मात्र आफ्ना नाममा फर्म दर्ता गरेका जोशीले अहिले विधानमा भएको व्यवस्था देखाउदै आफूलाई घेराबन्दी गरिएको भन्दै पदबाट राजीनामा पनि बुुझाइसकेको जानकारी दिएका छन् । यसअघि श्रीमती निर्माण व्यवसायी संघको मनोनित सदस्य भइसकेको र उनको नामको फर्म संघमा दर्ता भएको जोशी बताउँछन् ।

तर, आफ्नो हकमा भने एक कार्यकाल सदस्य र तीन वर्षदेखि संस्थामा फर्म दर्ता नभएको कुरा भने सत्य भएको स्वीकार गरेका छन् । जोशीले सबै निर्माण व्यवसायीहरुको आग्रहमा अध्यक्ष बनेको बताउदै पदमा बसिरहन कुनै रहर नभएकै कारण राजीनामा दिइसकेको जनाएका छन् ।
केही दिनमा निर्माण व्यवसायी संघको सुदूरपश्चिम प्रदेश अधिवेशन भइरहेको छ । सोही कारण पनि निर्माण व्यवसायीका बीचमा आपसी मनमुटाव बढेको अनुमान गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...