भारतबाट फर्किएपछि रविले सर्वदलीय बैठक बोलाए

cp new add
Nisharg hospital

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

Nast Ad

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्ने जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

महामन्त्री बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...