गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथ

cp new add
Nisharg hospital

बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनको शपथग्रहण आजै हुने तयारी गरिएको छ।

Nast Ad

यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो।

समितिले छानबिनका क्रममा गुरुङविरुद्ध कुनै ठोस प्रमाण नपाएको निष्कर्षसहित ‘क्लिन चिट’ दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथग्रहण कार्यक्रमका लागि राष्ट्रपति कार्यालयसँग आवश्यक पत्राचार भइसकेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...