९० लाख बढीको फर्सीको बिउ बरामद, प्रहरी टोली र स्थानीयबीच झडप

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । रौतहटमा ९० लाख बढीको फर्सीको बिउ बरामद भएको छ । नेपालबाट भारत निकासी गर्दै गरेको बिउ बुधबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

अवैधरुपमा निकासी गर्न लागिएको सूचनाका आधारमा खटिएको प्रहरी र सशस्त्रको टोलीले बौधिमाई नगरपालिका(७ बाडा बंकुल टोलबाट ३२२ बोरो ९१२ हजार ८८० किलो० फर्सीको बिउ बरामद गरेको हो । बिउका बोरा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेका थिए । यसको अन्दाजी मूल्य ९० लाख १६ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

 

सामान बरामद गर्ने क्रममा स्थानीयवासीले केही समय अवरोध समेत गरेका थिए । उनीहरुले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्या प्रहार गर्नु परेको थियो । झडपका क्रममा तीन जना प्रहरी र तीन जना स्थानीय पनि घाइते भएका छन् ।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...