बिक्री गर्न लागेको अनुदानको १३ बोरा युरिया मल बरामद

cp new add
Nisharg hospital

सिरहा। किसानका लागि अनुदानमा उपलब्ध गराइएको १३ बोरा युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरी सिरहाको धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट १३ बोरा युरिया मल नियन्त्रणमा लिएको हो ।

Nast Ad

जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले विशेष सुचनाको धनगढीमाई नगरपालिका–१० स्थित भरत प्रधानको किराना पसलबाट ३३ केजी दरका १३ बोरा युरिया मल बरामद गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादव तथा कृषि सामग्री कार्यालय लहानका प्रतिनिधि सम्मिलित टोलीले मल नियन्त्रणमा लिएर यसको स्रोत र बिक्री प्रक्रियाबारे अनुसन्धान थालेको जनाएको छ ।

डीएसपी यादवले किसानका लागि छुट्याइएको अनुदानको मल कालोबजारी गर्ने जोसुकैमाथि कानुनअनुसार कारबाही गरिने बताए। धान रोपाइँको समयमा मल अभाव भइरहेका बेला अनुदानको मल अनधिकृत रूपमा बिक्री भएको पाइएपछि स्थानीय कृषकले चिन्ता व्यक्त गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...