रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा सम्बोधनका लागि अन्य दलका प्रमुखहरूलाई निम्तो दिने

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा शुभकामना मन्तव्यका लागि अन्य दलका प्रमुख नेतालाई बोलाउने भएको छ ।

आगामी आइतबारदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको उद्घाटन सत्रमा दलका प्रमुखहरूलाई आमन्त्रण गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अरु दलका प्रमुखलाई शुभकामना मन्तव्यका लागि बोलाउन लागिएको हो ।

रास्वपा संगठन विभागका सदस्य शंकर श्रेष्ठले अरु दलका प्रमुख नेता र विदेशस्थित पाहुनाहरुलाई आमन्त्रण गरिने बताए ।

उनले भने, ‘दलका नेताहरुलाई शुभकामना मन्तव्यका लागि बोलाउँछौं । विदेशस्थित बोलाउने पाहुनाहरूबारे आज छलफल हुँदैन ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...