भारतमा बन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न हर्कको माग

cp new add
Nisharg hospital

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले भारतको पटनामा ९ सय जना नेपाली बन्धक बनाइएको सूचना प्राप्त भएको भन्दै उनीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

Nast Ad

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी पटनामा बन्धक बनाइएको सूचना प्राप्त भएको भन्दै उनीहरूको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पटनामा रहेका उनीहरूको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उनले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए । सोही प्रकरणमा संलग्न भएको आरोपमा सोल्टी होटलबाट पक्राउ परेका इटहरी निवासी ईश्वर ढकालमाथि कारबाही अघि बढाउन र पीडितको उद्धारमा सक्रियता देखाउन उनले सम्बन्धित मन्त्रालयसँग माग गरे ।

उनले भने, ‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ । मान्छे राम्रो लुगा लगाएर वा चिलो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनु अनिवार्य छ ।’ स्वदेशी श्रम शक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई ठोस योजना ल्याउन सुझाव दिए ।

सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...