महाधिवेशनको पूर्वसन्ध्यामा रविले भने– स्वस्थ प्रतिस्पर्धा गरौं

cp new add
Nisharg hospital

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गरेका छन् ।

Nast Ad

महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘पार्टी जहाँ आएको छ यहाँहरूको अनवरत साथ, विश्वास र मिहेनतका साथ आएको छ,’ सभापति लामिछानेले भनेका छन्, ‘त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गर्न चाहन्छु । स्वस्थ प्रतिस्पर्धाबाट हामी नयाँ उचाइमा पुग्नेछौं ।’

केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि वा अन्य भूमिकामा रहे पनि आफूलाई जिम्मेवार भूमिकामा आफूलाई अघि बढाउने कुरा आफू विश्वस्त रहेको लामिछानेको भनाइ थियो ।

‘तपाईंहरूको यो अनुभव यो समाजले सकारात्मक रुपमा प्राप्त गर्ने कुरामा आशा र भरोसा राखेको छ । म र मेरो नेतृत्वमा विश्वास गरिदिनुभएकोमा, अप्ठेरो पर्दा, चोट लाग्दा हामी छौं भनेर उभिनुभएकोमा धन्यवाद दिन चाहन्छु,’ लामिछानेले भनेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...