अछाममा होटलभित्र जुवातास, २९ हजार नगदसहित ५ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । अछामको साँफेबगर नगरपालिका–४ छिपेखोलामा होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।

Telecome

प्रहरीका अनुसार साँफेबगर नगरपालिका–५ घर भई छिपेखोलामा अस्मिता होटल सञ्चालन गर्दै आएका ४८ वर्षीय चक्र चाडसहित ५ जनालाई सोमबार साँझ पक्राउ गरिएको हो।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगर बाट खटिएको प्रहरी टोलीले होटलमा छापा मार्दा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले घटनास्थलबाट नगद  २९ हजार ६७० र ३ गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...