
धनगढी । चेक अनादर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ बालुवाफाँटा निवासी ३८ वर्षीय दिपेन्द्र चौधरी रहेका छन्।
सम्मानित जिल्ला अदालतको फैसलाअनुसार चौधरीलाई चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो। फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

