डोटीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई डोटी प्रहरीले पक्राउ गरेको छ।

Telecome

पक्राउ पर्नेमा आदर्श गाउँपालिका–७ जडिमाना निवासी ५६ वर्षीय रणबहादुर बिष्ट रहेका छन्।

सम्मानित जिल्ला अदालतको फैसलाअनुसार बिष्टलाई सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएको थियो। फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट पक्राउ गरेको हो।

पक्राउ परेका बिष्टलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...