रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध चयन

cp new add
Nisharg hospital

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध भएका छन्।

Nast Ad

चितवनमा जारी महाधिवेशनमा सभापति पदका लागि तोकिएको समयसीमाभित्र अन्य कुनै पनि उम्मेदवारी नपरेपछि लामिछाने एकल उम्मेदवारका रूपमा निर्विरोध चयन भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि उम्मेदवारी दिने समय सकिएको हो।

लामिछाने रास्वपाका संस्थापक सभापति समेत हुन्। हाल केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...