
धनगढी । युवा व्यवसायी बिक्कल जेठाराले आफ्नो २८औँ जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै दृष्टि फाउन्डेसन नेपाल, धनगढीमा रहेका व्यक्तिहरूलाई खाना खुवाउनुका साथै नगद सहयोग हस्तान्तरण गरेका छन्।

शहीद गेट हाटबजारमा तरकारी तथा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका जेठाराले जन्मदिनलाई भड्किलो रूपमा मनाउनुभन्दा समाजसेवामा खर्च गर्ने उद्देश्यले उक्त सहयोग गरेका हुन्।
जेठाराले समाजका विभिन्न क्षेत्रमा सहयोगको आवश्यकता रहेकाले आफूले सानो प्रयासस्वरूप फाउन्डेसनमा रहेका व्यक्तिहरूसँग जन्मदिनको खुसी साटेको बताए।
फाउन्डेसनका प्रतिनिधिले उनको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
जन्मदिनको अवसरमा गरिएको यस सहयोगलाई स्थानीय स्तरमा सकारात्मक र प्रेरणादायी कार्यका रूपमा हेरिएको छ।

