
डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–२ खररका ५० वर्षीय हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले शनिबार दिउँसो आफ्नै घरमा झ्याल–ढोका बनाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएको बताए ।
उनलाई उद्दार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको चन्द aबताउँछन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

