अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित दुईजना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ। अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Telecome

पक्राउ पर्नेमा अपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा बौद्धका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट सुनचाँदीका गरगहनासहित उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको हो। जुत्ता, पाइन्ट, सारी र अन्य कपडा उल्लेख भएको कार्गोमा सुनचाँदीका गहना फेला परेको प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए।

उनका अनुसार कार्गोमा नौगेडी २२ थान, सानो नौगेडी ४४ थान, २१ गेडी १४ थान, चन्द्रमा १६ थान, जन्तर २०, सिंगल ब्रोच १८, डबल ब्रोच १८, नेपालको झन्डाअंकित ब्रोच १६, मंगलसुत्र १८, मोतीमाला ३९, त्रिशूल एक थान बरामद भएको छ।

यसैगरी नेक्लेस गोलोवाला चार, नेक्लेस चारपाटे नौ, काँडावाला चुरा २६, यार्लिङसहितको शिरबन्दी तीन सेट, झुम्का चार जोर र सिक्री एक थान बरामद भएको छ। बरामद भएका सुनचाँदी युनिक कार्गोले एपेक्स लजिस्टिक प्रालिमार्फत अमेरिका पठाउन लागेको थियो। पक्राउ परेका व्यक्ति र गहना त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...