श्रीमती हत्यामा नेपाली ब्रो र प्रेमिका आचार्य कारागार चलान, २ जना धरौटीमा रिहा

cp new add
Nisharg hospital

श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।

Telecome

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि अब कारागार चलान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षी नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए ।

साथी पुजन र भाइ विक्रमलाई भने १ लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।

नेपाली ब्रोलाई श्रीमती हत्याको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को उपदफा १ विपरीतको कसुर र प्रेमिका आचार्य, विक्रम थापा मगर र पुजनलाई भने दफा १७७ को उपदफा १ विपरीतको कसुर गर्न दुरुत्साहन गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो ।

प्रहरीको अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्धदेखि लामो समयदेखिको पारिवारिक कलहका कारण हत्या भएको देखिएको छ । नेपालीमा सेनामा जागिर खाएका बेला नै प्रेम सम्बन्ध बसेर विवाह गरेको र त्यसपछि विभिन्न उतारचढाव भएको, मुद्दा–मामिला भएको र विवाहेत्तर सम्बन्धले थप समस्या खडा गरेपछि हत्यासम्म पुगेको प्रहरीको भनाइ छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...