जंगली हात्तीको आक्रमणबाट आमा र बच्चाको मृत्यु

cp new add
Nisharg hospital

चितवन । जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र चार वर्षे छोराको ज्यान गएको छ । उनीहरू अल्पसंख्यक बोटे समुदायका हुन् । हात्ती धपाउन आगो बाल्न खोज्दा उनीहरू बस्ने कच्ची घरमा पनि आगलागी भएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । घटना शनिबार मध्यरातमा भएको हो ।

Telecome

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका(२३ बेलहट्ठाका पूर्ण बोटेको घरमा जंगली हात्तीले आक्रमण गरेको हो । उक्त ठाउँ चितवन राष्ट्रिय निकुञ्जको आडमा छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  चन्द्रभूषण यादवले जंगली हात्तीले आक्रमण गर्दा पूर्णकी श्रीमती २५ वर्षकी आशिका बोटे र चार वर्षका छोरा भरतको निधन भएको जानकारी दिए । घरमा सुतिरहेका उनीहरूलाई राति ११ बजेतिर हात्तीले अचानक आक्रमण गरेको हो । उनीहरूको घटनास्थलमै निधन भएको हो ।

हात्ती धपाउन पूर्णले आगो बाल्न खोज्दा घरमा समेत आगलागी भएको छ । कच्ची घरमा लागेको सो आगो स्थानीय र प्रहरी मिलेर निभाएको डीएसपी यादवले बताए । घटनाको विषयमा चितवन निकुञ्जसँग समन्वय गरेर थप अनुसन्धान र हात्ती नियन्त्रणको प्रयास भइरहेको उनको भनाइ छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...