
कैलाली बहुमुखी क्याम्पस, धनगढीका बीएएलएलबी (BALLB) चौथो सेमेस्टरमा अध्ययनरत हरिश प्रसाद कपाडी, ममता रोकाया र सन्ध्या श्रेष्ठले ललितपुरमा आयोजित ७औँ BRU Moot Court Competition मा सहभागिता जनाएका छन्।

Pioneer Law Association को आयोजनामा सम्पन्न प्रतियोगिता सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदै आएको हो। कानुनी शिक्षा अध्ययनरत विद्यार्थीमा अनुसन्धान, बहसकला र व्यावहारिक कानुनी सीप विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका विभिन्न शैक्षिक संस्थाका टोली सहभागी भएका थिए।
कैलाली बहुमुखी क्याम्पसको प्रतिनिधित्व गर्दै सहभागी टोलीले काल्पनिक कानुनी विवादमा अदालतको प्रक्रिया अनुरूप लिखित बहस (Memorial) र मौखिक बहस (Oral Pleading) प्रस्तुत गर्दै आफ्नो क्षमता प्रदर्शन गरेको थियो।
क्याम्पसले विद्यार्थीहरूको सफल सहभागिताप्रति बधाई व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रियस्तरका यस्ता शैक्षिक तथा कानुनी प्रतियोगितामा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गरेको छ।

