एनपीएल तेस्रो संस्करणका लागि आज खेलाडी अक्सन, १५५ खेलाडी प्रतिस्पर्धामा

cp new add
Nisharg hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज आयोजना हुँदैछ।

Telecome

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये १५५ जना छनोट भएका छन्। छनोट भएका खेलाडीमध्ये ‘ए’ क्याटेगोरीमा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ जना रहेका छन्। अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले कुल ५२ खेलाडी अनुबन्ध गर्नेछन्।

क्यानले तेस्रो संस्करणदेखि टोली संरचनामा परिवर्तन गर्दै प्रत्येक फ्रेन्चाइजमा थप दुई नेपाली खेलाडी समावेश गर्ने व्यवस्था गरेको छ। मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसहित अब प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहनेछन्।

प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। अक्सनअघि जनकपुर बोल्ट्ससँग सबैभन्दा बढी ६६ लाख २५ हजार रुपैयाँ खर्च गर्ने सीमा रहेको छ भने काठमाडौं गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ बाँकी छ।

एनपीएलको दोस्रो संस्करणको उपाधि फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले जितेको थियो। पहिलो संस्करणमा भने जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...