बैतडीका शिक्षा अधिकृत भट्टले बाटाेमा युवतीलाई गोप्य अङ्ग देखाए पछि…

cp new add
Nisharg hospital

ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

Telecome

घटना आइतबार साँझ करिब ६:३० बजे भएको हो। पीडित युवतीले घटनापछि आरोपितको भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेपछि घटनाले व्यापक ध्यान तानेको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको हो। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। त्यसपछि युवतीले मोबाइलबाट भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन्। भिडियोमा एक जना स्थानीयले आरोपितलाई नियन्त्रणमा लिएको र उनले माफी मागेको दृश्य पनि देखिन्छ।

पीडितको निवेदनका आधारमा प्रहरी प्रभाग इमाडोलले घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सङ्कलन गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...