बेलौरीमा विज्डम एकेडेमीको बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

cp new add
Nisharg hospital

कञ्चनपुरको बेलौरीमा विद्यालय बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका-३ पडाउ बस्ने २९ वर्षीय महेश राना रहेका छन्। उनलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Nast Ad

मंगलबार दिउँसो बेलौरी -३ मा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ क २६२७ नम्बरको विज्डम एकेडेमी  विद्यालयको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनापछी बस र बस चालक बेलौरी- ४ निवासी ४६ वर्षीय विज्ञान महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...