विवादित अभिव्यक्तिपछि गायिका इब्सल सन्ज्यालले मागिन् सार्वजनिक माफी

cp new add
Nisharg hospital

गायिका इब्सल सन्ज्यालले आफ्नो विवादित अभिव्यक्तिपछि सार्वजनिक रूपमा माफी मागेकी छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले आफ्नो भनाइले कसैको मन दुखेको वा अछामवासीको भावनामा चोट पुगेको भए अन्तरहृदयदेखि क्षमा चाहेको बताएकी छन्।

Nast Ad

सन्ज्यालले आफ्नो उद्देश्य अछाम वा अछामवासीको प्रतिष्ठामा आँच पुर्‍याउने नभएको स्पष्ट पार्दै, अमेरिकामा छाउपडी प्रथा अभ्यास हुने भन्ने अभिव्यक्तिप्रति पनि क्षमा मागेकी छन्। उनले आफू अमेरिकामा नबसेको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी नभएको स्वीकार गरेकी छन्।

यसअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले अछाममा रहेको छाउपडी प्रथा अमेरिकामा बस्ने अछामीहरूले समेत अभ्यास गर्ने बताएका कारण उनको व्यापक आलोचना भएको थियो। साथै, आफू विगतदेखि नै छाउपडी प्रथाविरुद्ध आवाज उठाउँदै आएको र अमेरिकामा बस्ने एक शुभेच्छुकसँगको टेलिफोन संवादका आधारमा उक्त उदाहरण उल्लेख गरेको उनले स्पष्ट पारेकी छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...