
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँ थियो । गत बिहीबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३४० रुपैयाँमा झरेको छ । यस अघि गत बिहीबार चाँदी ४ हजार ४५० रुपैयाँ थियो ।

