कैलालीमा ओभरलोड बोक्ने ट्रकमाथि निगरानी, भैरवाहबाट आएका २ ट्रकलाई ५/५ हजार जरिवाना

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमता भन्दा बढि सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ । सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोेक्ने ट्रकहरुमाथि निगरानी बढाउदै कारवाहीको दायरामा ल्याउन थालेका छन् ।

Nast Ad

व्यवसायीहरुकाअनुसार विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागीतामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको गुनासो छ ।

केही दिनअघि भैरवाहबाट कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुई वटा ट्रकले ओभरलोड बोकेर ल्याएका थिए । ओभरलोड बोकेर ल्याएका ती ट्रकलाई सेती महाकाली ट्रक व्यवसायी संघका पदाधिकारीको सक्रियतामा कृषि सामाग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १०/१० टन बढि सामन लोडल गरेर धनगढी ल्याएको तथ्य खुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यातायात कार्यालयलाई कारवाही सिफारिस गरेको थियो ।

ट्राफिक प्रहरीको सिफारिसअनुसार उनीहरुलाई याताष्यातले ५/५ हजार जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले जानकारी दिएका छन् । प्रहरी निरीक्षक आचार्यले अहिले ट्रकहरुमाथि निगरानी बढाइएको बताउदै ओभरलोड बोक्नेहरुलाई कारवाहीको दायरामा ल्याउने काम भइरहेको बताए ।

मधेश प्रदेश०३००२ ख ५३७६ र ५३७७ नम्बरको ट्रक जरिवानामा परेका हुन् । उनकाअनुसार शनिबार मात्र दाङबाट क्षमता भन्दा बढि सिमेन्ट ल्याएर धनगढी आउने क्रममा एउटा ट्रकले ओभरलोड बोकेको पाइएपछि सामान अनलोड गराएर कारवाही गरिएको छ ।

प्रहरीकाअनुसार दाङबाट सिमेन्ट ल्याएर आएको भे १ ख ४५५० नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । ओभरलोडकका कारण दुुर्घटनाको जोखिमको अतिरिक्त सडक र पुलको क्षमताले नधान्ने हुँदा थप दुुर्घटना हुने सम्भावना बढि रहन्छ । त्यसकारण पनि ओभरलोड बोक्ने सवारीसाधनमाथि निगरानी बढाउदै नियन्त्रण गर्नु जरुरी रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...