गणेशको परिवारले राखे सरकारसँग ६ बुँदे माग

cp new add
Nisharg hospital

राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको परिवारले सरकारसमक्ष ६ बुँदे माग अघि सारेको छ।

Nast Ad

परिवारले मोटरसाइकलमा ह्वील लक लगाउने महानगर प्रहरी र ट्राफिक प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन, गणेश नेपालीलाई नेपालको पहिलो ‘डिजिटल राइडर श्रमिक शहीद’ घोषणा गर्न, परिवारका सदस्यलाई रोजगारी तथा छोराछोरीको शिक्षा–पालनपोषणको जिम्मेवारी राज्यले लिन माग गरेको छ।

यस्तै, उचित क्षतिपूर्ति उपलब्ध गराउन, आत्मदाह भएको स्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्न तथा स्वदेशी र विदेशी राइड सेयरिङ एपहरूलाई नियमन गर्ने स्पष्ट कानुन निर्माण गर्न पनि परिवारले माग गरेको छ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले राहदानी विभागअगाडि मोटरसाइकलमा ह्वील लक लगाएपछि पेट्रोल खन्याएर आत्मदाह गरेका थिए। उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको थियो भने पोस्टमार्टमका लागि शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...