
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले आयोजना गर्ने तय भएको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरेको छ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै यसअघि प्रकाशित सूचनाअनुसार २०८३ असार २९ गते आयोजना गर्ने भनिएको सार्वजनिक सुनुवाइ कार्यक्रम विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पौडेलद्वारा हस्ताक्षरित सूचनामा विशेष कारणले कार्यक्रम तत्काल सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ।
नगरपालिकाले सम्बन्धित सबै सरोकारवालालाई उक्त जानकारी गराउँदै अर्को सूचना प्रकाशित भएपछि सार्वजनिक सुनुवाइ कार्यक्रमको नयाँ मिति सार्वजनिक गरिने जनाएको छ।

