मिडिया हाउस अगाडि शंकास्पद रुपमा गाडी राखी स्वतन्त्र प्रेसलाई आतंकित बनाउनु अलोकतान्त्रिकः कुलमान

cp new add
Nisharg hospital

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले मिडिया हाउस अगाडि शंकास्पद रुपमा गाडी राखी स्वतन्त्र प्रेसलाई आतंकित बनाउनु अलोकतान्त्रिक कदम भएको बताएका छन् ।

Nast Ad

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै घिसिङले स्थापित सञ्चार माध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखी त्रास सिर्जना गर्ने घटनाप्रति निन्दा र भर्त्सना व्यक्त गरेका छन् ।

‘लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण हो,’ घिसिङले भनेका छन्, ‘डर, धम्की र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति सञ्चार माध्यमलाई हुनुपर्छ ।’

उनले आज भएको घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन, यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न तथा सञ्चार माध्यमलाई निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्ने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...