सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय प्रेसपत्र प्रकाशित २०८३ असार ३१, बुधबार १६:२० नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि आजै बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।