
धनगढी । बहुविवाह मुद्दामा अदालतबाट ४ महिना २० दिन कैद सजाय तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–५ निवासी कम्मान सिंह विक रहेका छन्। उनलाई फैसला कार्यान्वयनका क्रममा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

