बैतडीका धानुक सवारी ज्यान मुद्दामा पक्राउ

cp new add
Nisharg hospital

धनगढी । वारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका–६ रत्नाका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो पक्राउ गरिएको हो।

अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका–८ ढोल्यामोड बजारबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका धानुकलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...