शाहीको टिप्पणीपछि राजु पाण्डे आक्रामक, दिए कडा सन्देश

cp new add
Nisharg hospital

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीको पछिल्लो अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले कडा राजनीतिक आपत्ति जनाउँदै चेतावनी दिएका छन्। लोकतान्त्रिक गणतन्त्र र जनभावनाको सम्मान गर्न आग्रह गर्दै पाण्डेले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

Nast Ad

संसद् र सार्वजनिक मञ्चहरूमा व्यवस्थाको मर्यादाका विषयमा बोल्दै सांसद पाण्डेले शाहीलाई मेन्सन गरेर भनेका छन्, ‘प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नु भन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है।’ वर्तमान व्यवस्था नागरिकहरूको लामो सङ्घर्षबाट प्राप्त भएको स्मरण गराउँदै उनले थपेका छन्, ‘नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो। विचार राख्ने अधिकार सबैलाई छ, तर देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी हो।

पछिल्लो समय संघीय संसद् र सार्वजनिक मञ्चहरूमा व्यवस्था र शासकीय स्वरूपलाई लिएर विभिन्न दलका नेताहरूबीच वैचारिक मतभेद चुलिँदै गएको परिप्रेक्ष्यमा काठमाडौँ महानगरका पूर्व नगर प्रहरी प्रमुख समेत रहेका रास्वपा सांसद पाण्डेको यो चेतावनी आएको हो। यस घटनाले संसदभित्र राजनीतिक शक्तिहरूबीचको वैचारिक वाकयुद्धलाई थप रोचक र आक्रामक मोड दिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...