कञ्चनपुरमा भारतबाट चोरी गरि ल्याएका हिरा र सुनचाँदीका गरगहना बरामद

cp new add
Nisharg hospital

धनगढी । भारतबाट चोरी गरि ल्याएका सुनचाँदी र हिराका गरगहना कञ्चनपुर प्रहरीले बरामद गरेको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयको टोलीले दोधाराचाँदनी नगरपालिकाका एक स्थानीयको घर नजिकै लुकाएर राखेको अवस्थामा विभिन्न ३७ प्रकारका गरगहना बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले भारतको पन्जाबबाट चोरी गरि ल्याएका विभिन्न ३७ प्रकारका गरगहना बरामद गरिएको जानकारी दिए । उनकाअनुसार चोरीमा संलग्न व्यक्तिको पहिचान भएपनि पक्राउ परेका छैनन् ।

पन्जाबको एक घरबाट ती गरगहना चोरी गरिएको थियो । दोधाराकै एक महिला उक्त घरमा काम गर्दै आएकी थिइन् । उनका दुुई जना आफन्तले सुनचाँदी र हिराका गरगहना चोरी गरेर ल्याएका थिए ।

दुई मध्ये एक जना बाजुरातिरको भएको खुलेको प्रहरीले जनाएको छ । ती व्यक्तिले चोरेको गरगहना भने फेला परेको छैन् । प्रहरीले बरामद गरिएको सामान सम्बन्धीत भारतीय नागरिकलाई बुझाउने जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...