कैलाली र कञ्चनपुरमा सशस्त्रका ४ इन्स्पेक्टर बाहिनी तानिए

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरमा सशस्त्र प्रहरीका चार जना इन्चार्ज बाहिनी तानिएका छन् । सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी अत्तरियाले दुवै जिल्लाका दुई/दुई गरेर चार जनालाई सोधपुुछका लागि भन्दै तानेको स्रोतले जनाएको छ ।

Nast Ad

कैलालीको फूलबारी बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) ज्ञानबहादुर रावत र बांग्राकटान बीओपीका अजय सुनारलाई बाहिनी तानिएको छ । यस्तै, कञ्चनपुरको ब्रह्मदेव बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक समीर भट्ट र बीओपी भुडाका जितबहादुर ओलीलाई बाहिनी तानिएको हो ।

उनीहरुलाई अहिले बैद्यनाथ बाहिनी अत्तरियामै राखिएको छ । इन्चार्ज बाहिनी तानिएपछि ती बीओपीको जिम्मेवारी अहिले सशस्त्र प्रहरी नायब निरीक्षक(सई)ले नै सम्हालिरहेका छन् । सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी) दीगविजय सुवेदीले पनि चारै जना इन्स्पेक्टरलाई बाहिनी तानिएको कुरा पुष्टि गरेका छन् ।

कार्यसम्पादनमा कमजोर देखिएका कारण उनीहरुलाई सोधपुछका लागि झिकाइएको उनी बताउँछन् । बीओपी फूलबारी र ब्रह्मदेवका इन्चार्जको अवधी पनि पुगिसकेकाले फेरबदल पनि गरिने सुवेदीले बताए । सुवेदीले सम्बन्धीत गणले ती बीओपीमा अर्का अधिकृत खटाउने बताएपनि अहिलेसम्म नयाँलाई जिम्मेवारी नदिइएको पाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...