एमाले अध्यक्ष ओलीले – भने नेपालको राजनीति दिशाहीन ढंगले चलिरहेको छ

cp new add
Nisharg hospital

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको टिप्पणी गरेका छन्।

Nast Ad

पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तर्क्रियामा उनले २३ र २४ भदौपछि मुलुकको राजनीति दिशाहीन भएको टिप्पणी गरे। ओलीले लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा भए पनि अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या हिंसा, तोडफोड, कब्जा आगजनीको आधारबाट बनेको आरोप लगाए।

उनले कुनै कुराको टिप्पणी गर्दा तर्कसंगत बहस नगरी आक्रमणमा उत्रने अहिलेको सरकारको परिपाटी देखिएको बताए। अध्यक्ष ओलीले अहिलेको सरकार क्रान्तिबाट नभई विध्वसंबाट आएको आरोप लगाए। सरकारले सामाजिक सञ्जालमा अफवाह फैलाउने काम गरेको पनि ओलीको टिप्पणी छ। मिटरब्याजपीडितलाई फेरि सरकारले धोका दिएको बताउँदै उनले अर्थतन्त्र उकास्ने काम नभएको गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको आरोप लगाए। अध्यक्ष ओलीले एमालेलाई योजनाबद्ध रूपमा अलोकप्रिय बनाउन खोजिएको भन्दै जनताका समस्याहरू उठाएर पुनः जनविश्वास जित्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा देश र जनताका पीरमर्का संसद्‌मा सशक्त रूपमा उठाउन सांसदहरूलाई निर्देशन दिए।

अध्यक्ष ओलीले आईटी(वारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सके मात्र सफलतामा पुगिने बताए। कार्यक्रममा भर्चुअल दुनियाँको अन्तरसंघर्षमा एमाले पछाडि परेको टिप्पणी गर्दै सूचना प्रविधि र डिजिटल माध्यमको महत्त्व बढिरहेकाले सोहीअनुसारको स्वकीय सचिव राख्नुपर्ने सांसदहरूले सुझाव दिए। सांसदहरूले संसद्‌भित्र राखिने धारणा र गतिविधिलाई डिजिटल माध्यमबाट पनि प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...