कञ्चनपुरकी ब्लड क्यासर पीडित गंगाले त्यागिन प्राण

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरकी ब्लड क्यासर पीडित गंगा विष्टले प्राण त्यागेकी छन् ।

Nast Ad

डेढ वर्षअघिदेखि क्यान्सरले थला पारेपछि गंगाले कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न पाएकी थिएनन् । ब्लड क्यान्सरसँग संघर्ष गरिरहेकी उनको ३१ वर्षको उमेरमा आइतबार नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

बेल्डाँडी गाउँपालिका–१ रतनपुर बस्ने उनलाई क्यान्सरलाई जितेर बाच्ने चाहाना थियो । तर आर्थिक अभावका कारण उपचार गर्न पाएकी नसकेपछि मृत्युु भएको हो । उनका ५ वर्षीया छोरी र ७ वर्षीया छोरा छन् ।

विष्टको परिवारले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेको थियो तर उनको आजै मृत्युु भएको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...