धनगढीमा अनलाइन गेमिङ खेलाएको आरोपमा युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढीमा अनलाइन गेमिङ खेलाएको आरोपमा युवक पक्राउ

Nast Ad

धनगढी । कैलाली प्रहरीले अनलाइन गेमिङ खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय महेश बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनकाअनुसार बोगटीलाई आइतबार राति पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...