
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कैलालीको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला नेतृत्वको कार्य समितिलाई निरन्तरता दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगले अधिवेशन विधिवत रुपले सम्पन्न भएको पाइएको भन्दै ठगुुल्ला नेतृत्वकै समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्ला अधिवेशनलाई सदर गर्दै आधिकारिकता प्रदान गर्ने निर्णय आयोगले गरेको छ । पदाधिकारी र सदस्यको निर्वाचन परिणामलाई यथावत राख्दै सदर गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
गत २४ जेठमा सम्पन्न रास्वपा कैलालीको अधिवेशनबाट निर्वाचित कार्य समितिविरुद्ध उजुरी परेपछि आयोगले तत्काल वैधता दिन अस्वीकार गरेको थियो । सभापति ठकुल्लाले केन्द्रले गरेको निर्णयको स्वागत गरेका छन् ।
लोकतान्त्रिक विधि, विधान र सत्यको पक्षमा उभिँदै कैलाली जिल्ला अधिवेशनलाई आधिकारिक मान्यता प्रदान गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय निर्वाचन आयोगप्रति हार्दिक आभार तथा धन्यवाद। उनले फेसबुकमा लेखेका छन् ।

