कञ्चनपुरमा च्याउ खाेज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन(नामसहित)

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा च्याउ खाेज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् ।भीमदत्त नगरपालिका-१९ काे बागफाँटाका ती महिलाहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले भीमदत्त नगरपालिका-१९ काे दशरथ टाेल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएकाे खुलेकाे बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे मालुमेला पाेष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टाेल बस्ने सकनी चाैधरी, सविता चाैधरी, सानी चाैधरी, सकिया चाैधरी, रमा चाैधरी, लक्ष्मी चाैधरी, मनिषा चाैधरी, रिता चाैधरी, सुनिता चाैधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएकाे रावतले बताए ।

उनीहरू ९ जना र ५ जनाकाे समूह बनाएर च्याउ खाेज्न हिंडेका थिए । सम्पर्कविहीन भएकाहरूकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...